भारतबाट भन्सार छली भित्र्याइएको २५ क्विन्टल चामल बरामद

भारतबाट भन्सार छली भित्र्याइएको २५ क्विन्टल चामल बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलिले रतुवामाई नगरपालिका–७ बाट एकसय बोरा चामल लोड भएको सवारी र चालकलाई नियन्त्रणमा लिइएको छ ।

राजश्व छली नियन्त्रण अन्तर्गत गरिएको चेकजाँचका क्रममा प्र–१–०४–००१ च १०८३ नम्बरको पिकअप गाडीमा अवैध रुपमा भित्र्याइएको एकसय बोरा (प्रतिबोरा २५ केजी) चालम बरामद भएको हो ।

सोना मंसुली उक्त चामलको मूल्य एकलाख १७ हजार ५०० बराबरको हुन्छ । प्रहरीले अवैध चालम ढुवानीमा प्रयोग भएको पिकअप भेनसहित ६ लाख १७ हजार ५०० बराबर मूल्य र चालक रंगेली–२ का २८ दिनेश साहलाई कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्