कटहरीका १० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

<span class='c1'>कटहरीका १० वटा सामुदायिक विद्यालयलाई</span> <span class='c2'>कम्प्युटर र प्रिन्टर वितरण</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकाभित्र रहेका १० वटा सामुदायिक विद्यालयहरुलाई पालिकाले कम्प्युटर र प्रिन्टर वितरण गरेको छ ।

सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिकाले मंगलबार १० वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको हो ।

कटहरी गाउँपालिकाभित्र ३ मावि, ८ कक्षासम्म पढाई हुने ६ आधरभूत र पाँचसम्म पढाई हुने १० वटा आधारभुत विद्यालयहरुलाई पालिकाले प्रविधीमैत्री विद्यालय बनाउन लागि परेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । प्रविधिको उपयोग गरेर शिक्षण सिकाइ उपलब्धी बनाउन लागि परेको उनले बताए । तेही अनुसार गाउँपालिकाले १० वटा विद्यालयहरुलाई बुधबार कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । ९ लाख ९० हजार रुपैयाँ मुल्य बराबरको कम्पप्युटर र प्रिन्टर विद्यालयलाई वितरण गरेको उनले बताए ।

गाउँपालिकाले श्री अनन्त आधरभूत विद्यालय, रामजानकी, राधाकृष्ण, लक्ष्मी आधरभूत विद्यालय , ग्रामबाबा, सरस्वती, भगवती, महेशपुर र भगवती आधरभूत विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । यसअघि गाउँपालिकाले विद्यालयहरुमा डिजिटल हाजिरीको शुरुवात गरेको छ । डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने अध्यक्ष चौधरीले बताए । ‘कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन शुरु गरिएको छ । गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । त्यसै अनुसार अहिले पालिका भित्र रहेका विद्यालयहरुमा कम्प्युटर प्रिन्टरसहरु वितरण भएको छ,’ अध्यक्ष चौधरीले भने । चाँडै कम्प्युटर र प्रिन्टिर रहेको विद्यालयका शिक्षकहरुलाई प्रविधिका विज्ञहरु ल्याएर कम्प्युटर तालिम पनि दिइने गाउँपालिकाको योजना रहेको छ ।

प्रविधीसँग जोडेर विद्यार्थीहरुको शिक्षण सिकाई उपलब्धी मुलक बनाउनुको साथै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उनले बताए । ‘शिक्षाको सार्थक परिणामका लागि गाउँपालिका लागि परेको छ । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ,’ उनले भने , ‘प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्ने गाउँपालिको योजना रहेको छ । अहिले हामी यसरी योजनाबद्ध तरिकाले अगाडी बढेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्