मणिराम दाहाल
सुन्दरहरैंचा । इन्द्रपुर जेसीज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
इन्द्रपुर जेसीजको २२ औँ वार्षिक साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन्।
त्यसैगरी जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा निरू बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल दाहाल, सचिवमा प्रवास दाहाल र कोषाध्यक्ष पदमा दिवस रिजाल सर्वसम्मत चयन भएका छन् ।
इन्द्रपुर जेसीजको २२ औँ वार्षिक साधारणसभामा जेसीजका पूर्व अध्यक्ष राेहितकुमार शाहले स्थापना गरेकाे रामप्रसाद शाहु स्मृति अवार्ड जुनियर जेसिज राेहन ढकाललाई प्रदान गरिएकाे थियाे । साथै रमेश खड्का संरक्षक रहेको डि. रत्न स्मृति अवार्डबाट खेलप्रेमी युवेद्र गुरूङलाई सम्मान गरिएको छ ।
हेमचन्द्र घिमिरे संरक्षक रहेको शिवप्रसाद घिमिरे स्मृति अवार्डबाट सुकुना माविका विद्यार्थी दुर्गा धिमाल पुरस्कृत भएका छन् । रामकृष्ण खड्का संरक्षक रहेको मातृका खड्का स्मृति पुरस्कारबाट शिक्षा निकेतनका विद्यार्थी सरस्वती मगरलाई सम्मानित गरिएकाे थियाे । शिवप्रसाद ढकाल , यज्ञ ढकाल तथा शारदा ढकाल संरक्षक रहेको कृष्ण वृन्दा आउट स्टेण्डीड अवार्डबाट अजित वान्तवा पुरस्कृत भएका छन् । साथै संरक्षक नारायण कार्की रहेको नरदेवी अवार्डबाट सुमन पाैडेल पुरस्कृत भए ।
इन्द्रपुर जेसीजकाे साधारण सभाकाे कार्यक्रममा पूर्व अध्यक्ष डिल्लीप्रसाद ढकाल , कृष्णप्रसाद ओझा ,संस्थापक अध्यक्ष कृष्णबाबु ढकाल लगायतले बाेलेका थिए । इन्द्रपुर जेसीज वर्ष २०२३ अध्यक्ष विना सुवेदी आचार्यको सभापतित्वमा सम्पन्न अधिवेशनमा निर्वाचन आयुक्त भवानी ढकाल रहेका थिए ।
त्यसैगरी इन्द्रपुर जुनियर जेसीज २०२४ काे अध्यक्षमा मदन भण्डारी चयन भएका छन् । कार्यकारिणी उपाध्यक्ष पदमा स्नेहा सापकोटा, नम्रता खतिवडा चयन भएका छन् । उपाध्यक्षमा सौगात सुवेदी, अनुस्कृती शाक्य, साधना भट्टराई , दिपेश रोक्का तथा सचिवमा रोहन ढकाल ,जनसम्पर्क अधिकारीमा इशा बस्नेत चयन भएका छन् ।