हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्यो

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्यो

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा आजदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणका लागि प्राथमिक शेयर बिक्रीमा ल्याएको हो ।

१० अर्ब रुपैयाँ बराबरको जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने बाँकी २ करोड ४९ लाख कित्ताका लागि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूसँग आवेदन माग गरेको हो ।

कूल जारी आईपीओ मध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ भने ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गरिएको हो ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने पुस १ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने पुस ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्