प्रदेश प्रहरी अस्पताल सारेपछि उद्योग वाणिज्य संघको विरोध

<span class='c1'>प्रदेश प्रहरी अस्पताल सारेपछि</span> <span class='c2'>उद्योग वाणिज्य संघको विरोध</span>

विराटनगर । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल पुनर्स्थापना गर्न वाणिज्य संघले माग गरेको छ ।

१५ शय्याको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मंगलबार मध्यरात स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विरोध जनाउँदै आएका छन् । जनप्रतिनिधि तथा राजनीतिक दलले गरेको विरोध प्रति उनीहरूले एकबद्धता जनाएका छन् । भोली शुक्रबार दिउँसो १ बजे बेलबारी बजारमा सम्पुर्ण राजनैतिक दल सहिदको उपस्थितिमा दबाब मूलक कार्यक्रम समेत राखिएको उद्योग वाणिज्य संघ बेलबारीका महासचिव विवेक मिश्रले बताए ।

दैनिक ३० जनासम्म ओपिडीमा बिरामी आउने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औँ तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो ।
उक्त अस्पताल यही मङ्सिर २६ गते मध्यरातमा इनरुवामा सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्