-सविना श्रेष्ठ
मुक्तक:१
उफ वचनको तिर लाग्छ नबोलन प्रिय्
तिम्रो मन जन्जिर लाग्छ नबोलन प्रिय।
फूलले घोच्छ जिन्दगीमा कसरी बताउँ
काल्लोपनी भिर लाग्छ नबोलन प्रिय।।
मुक्तक:२
देब्रे पाटो भारिहुन्छ,जाग्छ माया उस्कै
देख्दैन कोही नजरले, माग्छ माया उस्कै!
एकोहोरो भयो मन पोल्न थाल्छ छाती
बिर्सिदिऊँ भन्छु सधैँ,लाग्छ माया उस्कै!!
मुक्तक:३
उफ वचनको तिर लाग्छ नबोलन प्रिय
तिम्रो मन जन्जिर लाग्छ नबोलन प्रिय।
फूलले घोच्छ जिन्दगीमा कसरी बताउँ
काल्लोपनी भिर लाग्छ नबोलन प्रिय।।