- सृष्टि सावित्रा
पढाई डिग्री सकियो जिन्दगी बेरोजगार छ
हरेक दिन अभावहरुको बाक्लो सवार छ
म के लिएर जाऊ तिम्रो शहरको कोसेली
यहाँ मान्छेले बोलेको बोलीमा समेत धार छ
महलहरु बनेका हुन ठुला बडाका लागि
गरिबका लागि कि सडक पेटी कि किनार छ
मान्छे,मान्छेको सुचिमा पर्दैन धन नभएपछि
छनत मेरो आँखामा पनि सिङ्गो बजार छ
आमा पछिको दोस्रो आस्था तिम्रो मन्दिर बन्यो
भगवान बलि माग्छौ भने यो गर्धन तयार छ