चिन्ता

<span class='c1'>चिन्ता</span> <span class='c2'></span>

-सुजाता राई
चोलि फरिया
दौरा सुरुवाल
टोपी र मजेत्रो
पहिचान थिए हाम्रा
समय बदलिँदो रहेछ
काल फेरिदो रहेछ
बिर्सन लागे मान्छेले
आफ्नो संस्कृति र सभ्यता
नचाहिने रहेछ आफ्नो पहिचान
बिडम्बना!

आयातितले कतिन्जेल
धान्ने हो जिवन।
बिर्सेर आफ्नो परम्परा र चलन
तैपनि ,
यो त आधुनिक रे
सजिलो रे
चलेको रे
शहरीकरण रे
सुन्दा भन्दा गुन्दा
मन आक्रान्त हुन्छ
छाती चिरिन्छ
हृदय बिकराल बन्छ
अनि भन्न मन लाग्छ
कहिले फेसन भएर
पोशक मासियो
कहिले फास्ट फुड भएर
भोजन सकियो
अनि संस्कार बदलियो
समाज टुक्रियो
परिवार भाडियो
चिन्ता लाग्छ
कुनै दिन नेपालको
नाम नै पो फेरिने हो कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्