मलाई रक्सि नपिलाउन

मलाई रक्सि नपिलाउन

-बसन्त घिमिरे
साथी तिमीलाई थाह छ नि म पिउँदिन
बरु ठिकै छ मलाई पाखे नै भन
मलाई यहि जीवन ठिक छ साथी
म आधुनिक भै जिउदिन
बरु अझै बेईज्जत गर
तिम्रो महफिलमा सक्दो बदनामी चलाउ
मैले नपिउदा माहोल बन्दैन भने
भो अब देखि त्यो जमघटमा मलाई नबोलाउ
तर विन्ति छ साथी
कर गरि गरि मलाई रक्सि नपिलाउ ।

तिमी पो निर्भय र सुरो छौ त
म त अझै बा सँग डराउछु नि
तिमी पो पुरुषार्थी भयौ त साथी
म त अझै आमाको पछ्यौरि समाउछु नि
मलाई थाहा छ तिमी आँटिलो र हिम्मतिलो छौ
तिमी अचेत हुँदासम्म पनि
तिमीले सन्तानलाई देखाएको पराक्रम देखेकोछु
तिमी आफ्ना खुट्टाले अडिन नसक्दा पनि
श्रीमतीलाई देखाएको बहादुरीको कथा सुनेको छु
म मा त खै ति हिम्मतका टुसा पलाउनै सकेन
यो कायर मनले मलाई दरिलो बनाउनै सकेन
बरु म तिम्रो बहादुरीको गाथा गाइरहन्छु
बरु म तिम्रो पराक्रम हेर्न आईरहन्छु
तर मेरा ग्लासमा तिम्रा जीवनका रमाइलाहरु नमिलाउन
विन्ती छ साथी मलाई कर गरि गरि रक्सि नपिलाउन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्