जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी

<span class='c1'>जेसी बाल सदन</span> <span class='c2'>स्कुलमा विज्ञान प्रर्दशनी</span>

विराटनगर । विराटनगर १३ मा रहेको जेसी बालसदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ ।

स्कुलमा परिसरमा विद्यार्थीहरुले खाना महोत्सवसँगै कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरेका छन्।

प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धित विभिन्न बस्तुहरु प्रर्दशनीमा राखिएको जेसी बाल सदनका प्रिन्सिपल तुलसी दुलालले जानकारी दिए ।

प्रर्दशनीमा २० वटा स्टल रहेका थिए । विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रर्दशनी गरिएको प्रिन्सिपल दुलाले बताए । विद्यार्थीहरुले किताबमा सिकका ज्ञानलाई व्यवहारमा उतार्दै विज्ञान सम्बन्धी प्रर्दशनी गरेका थिए । विद्यार्थीहरुले धरहराको टावर , रोवर्ट , एक्युरियम, विद्युतीय जेसिवी (डोजर) लगायत सोलार सिस्टम हावाबाट विद्युत कसरी उत्पादन हुन्छ भन्ने विषयमा वैज्ञानिक कुरालाई उतारेका थिए ।

त्योसँगै लोप हुदै गएका कृषी पेशामा प्रयोग हुने पराम्परागत सामाग्री , कागजबाट बनाइएका कम्प्युटर लगायतको सामाग्रीहरु विद्यार्थीहरुले निर्माण गरेको विज्ञान प्रदर्शनी कार्यक्रमका संयोजक प्रवेश दुलालले जानकारी दिए । विद्यार्थीहरुले गरेको विज्ञान प्रदर्शनीमा विद्यार्थीका अभिभावकहरु अवलोकन समेत गरेका थिए । कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम ढकाल, जेसिज सिनेटर घनस्याम राठी, विराटनगर जेसिजका पुर्व अध्यक्ष देवेश प्रधान स्कुलका प्रिन्सिपल तुलसी दुलालले सयुक्त रुपमा बेलुन उढाएर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्