मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

<span class='c1'>मलेसियामा साथीको हत्या गरी</span> <span class='c2'>फरार रहेका व्यक्ति पक्राउ</span>

काठमाडौँ । मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन् ।

साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, “साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो ।”

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साहविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्