उद्योग दर्ता प्रदेशमै हुन्छ : मुख्यमन्त्री कार्की

<span class='c1'>उद्योग दर्ता प्रदेशमै हुन्छ</span> <span class='c2'>: मुख्यमन्त्री कार्की</span>

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु नपर्ने बताउनु भएको छ ।

कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले साे कुरा बताउँनु भएको हाे ।एक हप्ताको समय भित्रै कोशी प्रदेशमै उद्योग दर्ताको लागि व्यवस्था मिलाइने मुख्यमन्त्री कार्कीले बताउनु भएको हो । ‘अब उद्योग दर्ताका लागि काठमाडौंको झण्झट बेहोर्नु पर्ने अबस्था हुँदैन ´उहाँले भन्नुभयो `हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरू उद्योग अब प्रदेशमा दर्ता हुन्छ ।’

सरकार र निजीक्षेत्र एक सिक्काका दुई पाङ्ग्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्रमैत्रि बनाइने बताउनु भयो । मुख्यमन्त्री कार्कीले भोकमरीबाट पिडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनी चाँडै गर्ने बताउदै जनतालाई परनिभरतामा भन्दा आत्मनिर्भरतामा जोड दिने उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले सरकारले व्यवसायको प्रवद्वर्नका लागि अब अनुदान भन्दा पनि सापटी उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो ` अनुदानमा चैं के के मा अनुदान छ त्यो हेरेर त्यसै तर्फ लाग्ने अनुदान पाएपछि छोडेर हिड्ने अबस्था आयो । अब हामी त्यसो हैन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्छौं ।’ मुख्यमन्त्री कार्कीले कृषिको पकेट क्षेत्र बनाएर सरकारले काम गर्ने उल्लेख गर्दै
दिर्घकालीन सोच अनुसार दिगो विकाशका लागि पाईला चाल्नुपर्ने बताउँनु भयाे ।

विषय विज्ञको रूपमा प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयनको अबस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले परिमाणत्मक लक्ष्यमा ५० प्रतिशत हाँसिल भएको उल्लेख गर्नुभयो । ग्रहस्थ उत्पादन राजस्व तथा सुशासनको क्षेत्रमा लक्ष्य सन्तोषजनक उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो । डा. काफ्लेले कोशी प्रदेशमा विकाशका दृष्टिले अनेकौं सम्भावना रहेको बताउँदै त्यसको उपयोग र व्यवस्थापनको कार्य गरि लाभ लिन सकिने उल्लेख गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्