झापा । झापाको दमक नगरपालिका-९ बरगाछीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २९ बर्षीय अर्जुन पौदारलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौदारलाई मंगलबार साँझ १ ग्राम १०० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पौदारलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका पौदारको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।