‘द लेप्रोसी मिसन नेपाल’को परियोजनाको समयवधी बढाउन माग

<span class='c1'>‘द लेप्रोसी मिसन नेपाल’को</span> <span class='c2'>परियोजनाको समयवधी बढाउन माग</span>

विराटनगर । अपाङ्गगता भएका व्यक्तिहरुलाई स्वरोजगार र औपचारिक रोजगारसंग जोड्दै आएको संस्था ‘द लेप्रोसी मिसन नेपाल’को फाउण्ड परियोजनाको समयावधी बढाउन अपाङ्गता भएका व्यक्तीहरुले माग गरेका छन् ।

‘द लेप्रोसी मिसन नेपाल’ले विराटनगरमा आयोजना गरेको वार्षिक सिकाई आदान प्रदान कार्यक्रममा संस्थाको पहलमा रोजगार पाएका व्यक्तिहरुले ‘द लेप्रोसी मिसन नेपाल’को समयावधी बढाउनुपर्ने माग राखेका हुन् ।

‘द लेप्रोसी मिसन नेपाल’को ४ बर्षे परियोजना २०२३ मा समापन हुदैछ । सन् २०१९ बाट नेपालको ७ वटा जिल्लामा अपाङ्गगता भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सशक्त बनाउनको लागी यो परियोजना संचालन गरिएको थियो । ‘द लेप्रोसी मिसन नेपाल’ले कोशी प्रदेशको मोरङ सुनसरी र झापा जिल्लामा अपाङ्गगता भएका व्यक्तिहरुलाई रोजगारसंग जोडेर उनीहरुको आर्थिक पाटोलाई सवल रुपमा अगाडी बढाएको थियो ।

‘द लेप्रोसी मिसन नेपाल’ले राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँग समन्वय गरेर ४ बर्षे परियोजना संचालन गरेको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई पुर्नस्थापनासहित आत्मनिर्भर गराउने योजना लिएर अगाडी बढेको सामाजिक सस्थाको परियोजना यही २०२३ डिसेम्बरमा समयावधि समाप्त हुन लागेको छ ।
द लेप्रोशी मिशन नेपाल कोशी प्रदेशका प्रमुख विपिन दासका अनुुसार हाल सम्म ३४६ जनाले विभिन्न औपचारिक रोजगार र स्वरोजगारमा जोडिन सफल भएका छन् । जस् मध्ये २१८ जना विउ पूँजी लिएर स्वरोजगार भएका छन् र १२८ जना औपचारिक रोजगारमा विभिन्न कल कारखाना साथै विभिन्न निजी संस्थामा काम गर्दै आएको दासले जानकारी दिए ।

द लेप्रोसी मिसन नेपालले बिभिन्न सिप र क्षमता अभिवृद्धि गराई अपांगता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारसंग जोड्न सफल भएको जनाएको छ । यस अघि डिसेम्बर, २०२२ मा कोशी प्रदेशमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुलाई लाभ पुग्ने गरि अपाङ्गता समावेशी रोजगार मेलाको समेत आयोजना गरिसकेको दासले कार्यक्रममा बताए ।

द लेप्रोसी मिसन नेपालले लाभग्राहीहरुलाई विउ पुँजी,सहायक सामग्री,उपयुक्त समायोजन,सीप मुलक तालिम, रोजगार प्रशिक्षण जस्ता सेवाहरु दिँदै आएको छ । कार्यक्रममा विराटनगर महानगरपालीकाकी उपमेयर शिल्पा निरला कार्कीले आर्थिक बर्ष २०८०/८१ को लागी अपाङ्गगता भएका क्षेत्रमा काम गर्ने सामाजिक संघसस्थालाई बजेट विनियोजन गरेको बताए ।

अपाङ्गगता भएका व्यक्तिहरुलाई महानगरले कार्ड समेत वितरण गरी महानगरभित्रका सरकारी कार्यलय होस या अन्य क्षेत्रमा बनाइएका संरचना अपाङ्गगतामैत्री बनाइएको उल्लेख गरे । यता द लेप्रोसि मिसन नेपालको २०२३ मा सकिन लाग्दै गर्दा द लेप्रोसि मिसन नेपालका कार्यक्रम निर्देशक शोभाकर कँडेलले परियोजनालाई पुन संचालन गर्न सकिने आश्वासन समेत दिए ।

युवा र अपाङ्गगता भएका व्यक्तिहरुलाई पुर्ण र उत्पादनशील रोजगारी र मर्यादित काममा अग्रसरको लागी ठुलो योगदान पुर्याईरहेको यस परियोजनाले धेरै जनाको रोजीरोटी चलेको छ । अबको केहीदिनमा नै सकिन लागेको परियोजनाले गर्दा धेरै जना वेरोजगार हुने अवस्था देखिन्छ । त्यसैले अपाङ्गगता भएका व्यक्तिहरुलाई औपचारिक वा स्वरोजगारमा प्रवेश गराउनको निम्ति द लेप्रोसि मिसन नेपालले संचालन गरेको यो परियोजनालाई निरन्तरता दिनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्