झापा । झापा शिवसताक्षी नगरपालिका–११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा खालमा प्रहरीले छापा हानेर १८ जनालाई नियन्त्रणमा लिइएको छ ।
कात्तिक २२ गते बिहीबार विशेष सुचना आधारमा उनीहरुलाई प्रहरीले चारलाख ५४ हजार ५०० सहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा शिवसताक्षि – ५ का मुकेश राउत, गौरिगंज गाउँपालिका–१ का ४७ वर्षिय हरी राजवंशी , शिवसताक्षि–११ का ६२ बर्षीय चन्द्रमणि रिमाल, ४५ वर्षिय राजेन्द्र बास्कोटा, ४९ वर्षिय दिपेन्द्र घिमिरे, ४७ वर्षिय राजेद्र बुबर, शिवसताक्षि–७ का ५४ वर्षिय छत्र बहादुर सोडारी, ६१ वर्षिय मणी खड्का, ३२ वर्षिय राजु दर्जी , ५१ वर्षिय तुला सुब्बा, ६९ वर्षिय सितारम कार्की, ४३ वर्षिय खडी बहादुर श्रेष्ठ, शिवसताक्षि–४ का २४ वर्षिय सेवराज राजवंशी , ३६ वर्षिय रुप नारायण साह, ३५ वर्षिय मनोज साह, शिवसताक्षि–९ का ३३ वर्षिय निरज दुलाल , ५६ वर्षिय मोहन प्रसाद दुलाल र शिवसताक्षि–६ का ४८ वर्षिय लोकनाथ दुलाल छन् ।