काठमाडौँ । मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।