कविता

<span class='c1'>कविता</span> <span class='c2'></span>

-दिपक कटवाल
आँखा भरि टिलपिल आँसु पार्दै
मायाको भिख मागेको त्यो दिन
मलिन अनुहार मुटु भारी पार्दै
तिम्रो ओठबाट निस्केका मायालु बचनहरु
अझै मेरो मस्तिस्कमा गुञ्जिरहँदा
तिमि शहरको रमझममा पक्के भुलिने छैनौ
चाहे तिमि पराइकै अँगालोमा बाधिएकी किन नहोउ

ठेलामा बेच्न राखिएको चटपटे खाने बाहानामा
मुसुक्क मुस्कुराउदै मेरो यात्राहरु पछ्याउने तिम्रो चाहाना
हेर्दा हेर्दै समयले कोल्टे फेरेको बर्षौ भइसकेछ
साँचै अब त चटपटे खान पक्कै छाडेउ होला
सुन्दैछु अचेल शहरको आइसक्रिम पार्लर तिर पो धाउछौ रे
तर जे होस तिमिले चटपटेको स्वाद भुल्न सक्दैनौ
चाहे तिमि आइसक्रिम पार्लर धाउने नै किन नहोउ

मैले चढ्ने गाडीको साइरन धुन सुन्दा मात्रै नि
तिमि भन्ने गर्थ्यौ मेरो मुटु चल्न थाल्यो
तर आब विस्तारै साइरनको धुन पनि विर्सने भयौ
किनकि तिमि साइरन नबज्ने शहर जादै छौ रे
परिस्थितीले तिमिलाई शहर बस्ने बनाउदै गर्दा
साइरनको धुन सगै जोडिएको हाम्रो सम्वन्ध पक्कै भुल्ने छैनौ
चाहे तिमि शहरमा चिल्लो कारमा धाउने नै किन नहोउ

दु:ख पिडा पर्दा रिसाउदै भएनि सुनाउने तिम्रो बानी
साचै अनौठो र मायालु लहडको नमुना नै थियो
घुर्की लाउदा लाउदै घमण्ड देखाएर निदाउने त्यो रुप
एउटा प्रेम कहानिको महाकाव्यको कथा नै थियो
हो अब घमण्ड देखाउदै घुर्की लाएर कसलाई पिडा पोख्छौ
किनकि दिल खोलेर पिडा सुनिदिने म जस्तो कोहि भेट्ने छेनौ
चाहे तिमि बाध्यताले अरुकै हात समाएर हिड्ने किन नहोउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्