तिमी नभए पछि

तिमी नभए पछि

-गीता अर्याल
पानी भएर के गर्नु
प्यास नै छैन भने
मुटु भएर के गर्नु
स्पन्दन छैन भने
तिमी कहाँ के गर्दैछौ
के भन्नु खै
माया छैन भने।

जीवनको परिभाषा
कहाँ खोज्नु खै
जहाँ जीवन नै छैन भने।
तिमी र मेरो जिन्दगी
सायद उस्तै भयो
कसलाई पोख्नु बेदना
तिमि नै समिप छैनौ भने।

हुन त बाध्यता आफ्ना आफ्ना होलान्
कसरी चित बुझाँउ
तिम्रो हृदयमा
कुनै खालि ठाउँ छैन भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्