सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलाको १ लाख १९ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलाको १ लाख १९ हजार २५० मा कारोबार भएको छ । बिहीबार छापावाल सुन १ लाख १९ हजार र तेजावी सुन १ लाख १८ हजार ४५० मा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी पाँच रूपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी तोलाको एक हजार ४८० रूपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्