संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिन्छु : मुख्यमन्त्री कार्की

<span class='c1'>संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे</span> <span class='c2'>संघर्षमा उत्रिन्छु : मुख्यमन्त्री कार्की</span>

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

सुनसरीकाे भोक्राहा नरसिंह निर्माण गरिएकाे ४०० केभीको विद्युत प्राधिकरणकाे सबस्टेसन उद्घाटन समाराेहमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन् ।

´संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ज्यूलाई आग्रह छ,` उनले भने, ´अधिकार हस्तान्तरण नगरिदिए सदन र सडकबाट संघर्ष गर्छु ।`

विद्युतकै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाटसम्मको विद्युत प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ त्यो हामीले पाउनु पर्ने छ । उनले भने, 'त्यसका लागि संघीय सरकार र संघीय संसदसङ सहकार्य संघर्ष दुवै गर्नु पर्ने छ ।'

सबस्टेसन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योग तथा व्यवसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए । निजि क्षेत्रलाई उत्पादनमा अग्र स्थानमा राख्न सकिएमा विकासको गति बढ्ने बताउदै कोशी सरकारले निजि क्षेत्रलाई सरकारले मात्रै नभई अभिन्न अङको रुपमा लिएको मुख्यमन्त्री कार्कीले बताए । 'निजी क्षेत्रलाई सरकारको अभिन्न अंगको रुपमा लियौ भने मात्र दिगो बिकास सम्भव छ ।' उनले भने शिक्षा स्वास्था तथा उत्पादका हिसाबले सरकार पनि अघि बढ्नुपर्छ भनेर हामीले पनि सुरुवात गरिसकेका छौं । '

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्