नेपालीको पहिलो श्रम गन्तव्य बन्यो यूएई

<span class='c1'>नेपालीको पहिलो श्रम</span> <span class='c2'>गन्तव्य बन्यो यूएई</span>

काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् ।

अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको यूएई यो वर्ष भने सुुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । विभागका अनुसार चालुु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो ।

विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्