गजल

गजल

-सविना श्रेष्ठ
जति रेट्छौ रेट खुकुरीको धार भन्दिन
अचानोमै राख धारिलो तरबार भन्दिन।

भारी बोकेर नै जिन्दगी जिउला कस्सम
जसो गरेपनि गर म बोझको भार भन्दिन।

तिमी संग एक जुनि बिताउनु छ एत्ति हो
आँसुकै तलाउमा डुबाउ मेरो हार भन्दिन।

बुझ्नु त समयलेपनि बुझ्ला पक्कै तेतिबेला
मलाई बुझ तिमीले फेरि म लगातार भन्दिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्