भावना

भावना

-इशु पन्त
शान्त अशान्त तिमी भित्रै छ
खोज्न जानु अन्त पर्दैन
जीत सधैँ त्यो जीत हुदैन

अबुझसँग भरू हार तिमी
बदला लिनु भन्दा बद्लिनु तिमी
समय सधैँ तिम्रो हुँदैन

मकै पोले झैँ आफ्ना कोध्र पोल्नु
जीवन कहिले ग्रीष्म हुँदैन
सपना सधै गगन छुने राख्नु
नसके‌‌ धर्तीलाई नै चुम्नु

नव ऋतुको परिवर्तनसँगै
पर्वतनशील तिमी पनि हुनु

खुशीले रङगीएका मनहरू
इन्द्रेणी झैँ खुल्ला आकाशमा सधैँ
रंगि रहुन्
पौडिएका भावनाहरू
सधैं तैरि रहुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्