प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले मधेस प्रदेशलाई हरायो

<span class='c1'>प्रधानमन्त्री कप महिला क्रिकेट :</span> <span class='c2'>कोशीले मधेस प्रदेशलाई हरायो</span>

काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई ६० रनको पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरमा जितका लागि १३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो ।

मधेशका लागि साना प्रविनले नट आउट २७ रन बनाइन् भने आरती महतोले १८ रन बनाइन् ।कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए ।

यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो।

कप्तान रुबिनाले सर्वाधिक ५७ रन बनाइन् । उनले ६४ बल खेल्दै ९ चौका प्रहार गरेकी हुन् । ओपनर काजल श्रेष्ठ पुजा महतोको बलमा डकआउट हुँदा रुबिना र अप्सरी बेगमले १०२ रनको शतकीय साझेदारी गरेका हुन् । सबनम राई ८ बलमा २ चौका सहित १६ र नमिता श्रेष्ठ २ रनमा अविजित रहे ।

अप्सरी ४१ बलमा ७ चौका सहित ३९ रनमा सरस्वती कुमारी चौधरीको बलमा साक्षी यादवबाट क्याच आउट भइन् ।

मधेश प्रदेशका लागि मिना महतोले सर्वाधिक २ विकेट लिइन् र पुजा महतो र सरस्वती कुमारी चौधरीले समान १–१ विकेट लिए ।

कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमतीलाई ८ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्