प्रदेश प्रमुख समक्ष राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेश

प्रदेश प्रमुख समक्ष राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेश

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेस्रो वार्षिक प्रतिवेदन पेश भएको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन पेश भएको हो ।

प्रतिवेदन बुझ्नु हुदै प्रदेश प्रमुखले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिए पनि अहिलेसम्म भेदभाव भईरहनु दुःखद भएको बताए । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधी नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताएका छन् । साथै, यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुखको जोड थियो।

त्यसैगरी राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताए । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्