जनकपुरधामबाट भार पठाउने तयारी

<span class='c1'>जनकपुरधामबाट भार</span> <span class='c2'>पठाउने तयारी</span>

महेन्द्रनगर (धनुषा) । भारतको अयोध्यमा भगवान रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको आगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।

सो भार जनवरी ६ तारिखका दिन अयोध्या पुर्याइने छ । भारमा विभिन्न प्रकारका कपडा, आभूषण र भाडा बर्तनका साथै मिठाई तथा पकवान रहने उहाँले जानकारी गराउनुभयोे । महन्थ वैष्णवका अनुसार जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलङ्गवाबाट सिम्रौनगढ, गढीमाई हुँदै वीरगञ्जमा रात्रि विश्राम गर्ने योजना रहेको छ ।

भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ गरेर वीरगञ्जको जानकी नगरद्वार हुँदै बेतिया, कुशीनगर, सिद्धार्थनगर हुँदै गोरखपुर र अयोध्यामा पुगेर विश्राम गर्ने कार्यक्रम रहेको उहाँको भनाइ थियो । छ तारिकका दिन विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

उक्त भार यात्राका लागि एक हजार एक सय सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको र यसको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले गर्नुहुने छ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ ।
फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्