सुन्दरहरैँचाकी दिपालाई `वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि

<span class='c1'>सुन्दरहरैँचाकी दिपालाई `वर्ल्ड</span> <span class='c2'>स्ट्रोङगेस्ट वुमन’ उपाधि</span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्नु भएको छ।

भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल हुनु भएको हाे । उहाँले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाउँनु भएको हाे । दिपाले च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल हुनु भएको छ।

नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रूपमा चिनिन्छ । खेलाडीहरूले यस खेलमा नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत पदक भित्र्याइरहेका छन् ।

दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस(आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तर्गत ७२ केजी उचालेर स्वर्ण पदक दिलाउँनु भएको थियाे । सोही प्रतियोगितामा उहाँले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जित्नु भएको थियाे। दीपाले यस पटक पनि आइबीपीतर्फ सबैभन्दा ठुलो उपाधि हात पार्नुभयाे।

आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजी माथिको तौलमा अन्तर्राष्ट्रिय रेकर्ड नरहेको दिपाले जानकारी दिनुभयाे । उहाँले आफ्नो सफलताका लागि सवैभन्दा बढि मेहनत र सहयोग गुरू रूजेश शाहीबाट पाएकाे साथै शाहीले संचालन गरेको काठमाडाैंस्थित डिभाइन फिटनेश कालिमाटीबाट नै यस खेलका लागि आफुलाई तयार पारेकी उल्लेख गर्नुभयाे।

दीपाले यस पटक पनि नेपाललाई विश्वभर चिनाउने गरी आफूले च्याम्पियनसिपमा प्रतिष्पर्धामा उत्रिएर सफलता हात पारेको बताउँनु भयाे । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार गोल्ड मेडल प्राप्त गरे पनि संघ र प्रदेश सरकारबाट भने अहिले सम्म प्रोत्साहन नपाएको दिपाले बताउँनु भयाे । उहाँले अघिल्लो वर्ष सुन्दरहरैंचा नगरपालिकाले केही खेल सामग्रीहरू उपलब्ध गराएको भए पनि नगद रकम दिएर सहयाेग गर्ने भनिएमा सहयाेग नगरेको जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्