नक्कली भुटानी शरणार्थी प्रकरण: धरौटी बुझाएर रिहा भए भुटानी शरणार्थी नेता रिजाल

<span class='c1'>नक्कली भुटानी शरणार्थी प्रकरण: धरौटी बुझाएर</span> <span class='c2'>रिहा भए भुटानी शरणार्थी नेता रिजाल</span>

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन् । सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर रिहा भएका हुन् ।

उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमै थिए । धरौटी बुझाएपछि उनी आज रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए ।

रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झन्डै एक महिना कारागारमा रहनुपर्‍यो । गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

काठमाडौं जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण बुधबार मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ ।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका थिए ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन् । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्