संखुवासभामा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

<span class='c1'>संखुवासभामा ट्याक्टर भिरबाट</span> <span class='c2'>खस्दा चालकको मृत्यु</span>

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका- ५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु- १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना हुँदा ट्रयाक्टर चालक स्थानीय २७ बर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्