-विन्दु ओझा(शीत)
सपना देख्नुस कालाञ्तरमा पूरा हुनसक्छ
हरेश नखानु होस कहिले अधुरा हुनसक्छ
विश्वास कसैलाई पनि नगर्नुहोस् यहाँ
बाहिर कठै ! बरा भित्र भित्रै छुरा हुनसक्छ
भन्दै थियो तिमी बिना बाच्न सक्दिन प्रिय
त्यो त उसको फसाउने ठुलो कुरा हुनसक्छ
मुग्लान नपस्नुस न प्रिय यो हाम्रो मायाको
निसानि कतै फेरी गर्व~मै टुहुरा हुनसक्छ
ढिडो आटो खाउला दु:ख सुख रमाउला यही
सुन फलाउने हिम्मति पाखुरा हुनसक्छ।