गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरूण खड्का
छौँ सुन्दरी अचाक्ली दामी पियारी,
गाउँशहरमा छौअति नामि पियारी।

सपनीमा बर्बराउने बनायौ तिमीले,
त्यो जवानीको रापले डामी पियारी।

बेचैनीले पोलिरा`छ जलेर यो मुट,
सुम्सुम्याइदेउ स्नेहले छामी पियारी।

चंचल बनी भवँराझैं बागमा नडुल्नु,
दुनियाँ छ हेर साहृै हरामी पियारी।

अग्नी साँक्षी राखी हेरी शुभसाइत,
कसौं छिट्टै लगनगाँठो हामी पियारी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्