गजल

गजल

-निर्मला देवी तिम्सिना (कान्छी)
कति अनौठो मेरो जिन्दगीको कहानी छ
बाहिर सग्लो शरीर भित्रभित्रै खरानी छ ।

अघिल्तिर ठिक्क पार्छन् आफ्ना भन्नेहरु
पछाडिबाट सिध्याउने उनीहरूको बानी छ ।

मुखमा राम राम छ बगलीमा छुरा बोक्ने
हरेक जनजनमा शिकारीको निशानी छ ।

धनसम्पतीकै कारण आज अपहेलित भएँ
हुने खाने सम्पतिवाल आखाँको नानी छ ।

जमाना पनि कस्तो आयो पापी स्वार्थी बढे
जहाँजहाँ भ्रष्टाचारी त्यहाँत्यहाँ लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्