अनुरोध

अनुरोध

-प्रकृति देवकोटा (स्नेही)
सकेसम्म यहि प्रगती गर्नु है बनी देशकै छायाँ
गए पनि अन्त राखे है आफ्नो मनमा देशको माया
यहीँको हो म नभन्नु है हिँड्दा विदेशी चिल्लो बाटोमा
प्रगती गर्न यो देशको जन्मेका हौँ नेपाली माटोमा

बोल्न जानेनी अनेक भाषा नबिर्से है नेपाली बोली
भन्दै गर्नु है उखान टुक्का लोप हुन नदिन भोलि
जाती जाती मिलेर सुन्दर बनाम् है आफ्नो यो देश
लाएनी पश्चिमे लुगा नबिर्से है आफ्नो नेपाली भेष

लाज नमाने है गाउन र सुन्न नेपाली लोक गीत
मान्दा विदेशी संस्कार हुँदैन नि आफ्नो देशको हित
नेपाली भइ जन्मे पछि नेपाली नै बनाऔँ है मन
विश्वमा देश भक्ती जस्तो ठूलो हुँदैन अरु केही धन

टुक्रा राज्य जोडेर बनाथ्ये पृथ्वीले यो देश विशाल
सात प्रवेश भइ टुक्रीयो यो अहिले हाम्रो देश नेपाल
सबै पार्टी मिली बनाउनु है यो हाम्रो देश तगडा
हामी ठूलो तँ सानो भनी कहिल्यै नगर्नु है झगडा

विकाश गरौँ है यो देशको सबै जनता नेता मिली
विश्वमा नै ज्योति छर्ने खालको बनाम् है झिलीमिली
स्वार्थ त्यागी आफ्नो गरौँ है देशको लागि असल काम
देश विश्वमै राम्रो भए आखिर रहने हो आफ्नै नाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्