गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

- गणेश तिमल्सिना
आमा ढलेकै दिन छाेरा मुग्लान गयाे ,
टाेपी शिरमै छ बाकाे स्वाभिमान गयाे ।

मन्दिरमा लेखिएको थियाे सेवा नै धर्म ,
तर मन्दिर भित्रै निर्दाेषकाे ज्यान गयाे ।

राहत सँगै गयाे, दाल ,चामल , तरकारी ,
पाक्दा पाक्दै कसाैडी र ओदान गयाे ।

ऊखु गयाे, श्रम गयाे चिनी कारखानामा ,
पसिना थाप्न माइती मन्डेलामा किसान गयाे ।

न्यायकाे सपथ खाँदा आयाे राष्ट्रिय झन्डा
अपराधीलाई छुटाउन राष्ट्रिय गान गयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्