-दिपा तिम्सिना पौडेल
नसकियोस् रात भन्दा भन्दै बिहानी भयो
अनायसै छुट्ने बेला आखामा पानी भयो
मन कहाँ थियो र परिवारबाट छुट्न कठै!
बाध्यताले नै एक्लो छोरो मुग्लानी भयो
च्यातिएको आमाको गुनिउ फेर्ने ठूलो रहर
उक्सिन सकिएन कस्तो ठाउँमा लगानी भयो
कोसिष गर्दा गर्दैपनि असफल मात्र भए
स्वदेशमा रोजगारीको सपना खरानी भयो
एजेन्डा ठूला ठूला लागू कहाँ कहाँ भए
दुईचार प्रश्न के सोधे थिए रिसानी भयो