मन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेको आरोपमा १७ जना पक्राउ

मन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेको आरोपमा १७ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले शुक्रबार दिउँसो उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन। ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्