बालकुमारीको प्रदर्शनमा घाइते २ जनाको मृत्यु

<span class='c1'>बालकुमारीको प्रदर्शनमा घाइते</span> <span class='c2'>२ जनाको मृत्यु</span>

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो। रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उहाँको भनाइ छ ।

उहाँले प्रदर्शनीकाे क्रममा घाइते भएकाको उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो। गोली लागेर दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्