एक्लो मानिस

<span class='c1'>एक्लो</span> <span class='c2'>मानिस</span>

-लक्ष्मण निरौला
झरी पर्दा झोक्राउछ
घाम लाग्दा प्रफुल्ल हुन्छ
तर
अपरिचित र उपेक्षित झैँ लाग्छ
एक्लो मानिस!

धेरै मानिसहरु
एक्लो मानिसलाई नचिन्लान
तर
एक्लो मानिस
धेरै मानिसहरुलाई चिन्दछ ,
धेरै व्यक्तिहरुले
एक्लो मानिसको कुरा नसुन्लान
बुझ्ने इच्छा नराख्न्लान
तर
एक्लो मानिस
धेरै व्यक्तिहरुको
धेरै कुरा सुन्छ , बुझ्छ
अनि थोरै मुस्कुराउँछ !!

एक्लो मानिस
आफैमा छट्पटाउछ
आफैसंग प्रस्न गर्छ
आफैले उत्तर दिन्छ !

ऊ एक्लै
त्यत्तिकै नहास्ला
तर
एक्लै अस्ताएर
एक्लै उदाउने
सूर्यलाई देखेर,
एक्लै फ़क्रेर
एक्लै फुलिरहने
फुललाई देखेर
र
एक्लै खेलिरहने
सानो बालकलाई देखेर
रमाइलो नमानि पनि रहने छैन
एक्लो मानिस!!!

कसले सोध्छ
एक्लो मानिसलाई
तिमी किन , कसरि एक्लो भयौ ?
कसले सोध्छ
एक्लो व्यक्तिलाई
तिमीलाई गहिरो चोट परेको छ ??

जतिसुकै एक्लो देखिए पनि
परिवार ,समाज ,देश
समय , जिन्दगि
र परिस्थिति
कहिँ केहि बाट पनि अलग हुदैन
एक्लो मानिस !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्