प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौँ । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले हरायो ।

जितको लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ८७ रन बनाएको थियो । कोशीको लागि अप्सरी बेगमले ३१ रन बनाउनुभयो । रुविना क्षेत्रीले २२ र लखिता राजवंशीले १४ रन बनाउनुभयो । बलिङमा एपीएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । एपीएफको जितमा इन्दु बर्माले अविजित ५६ रन बनाउनुभयो ।

सीता रानामगरले ४५, रोमा थापाले अविजित १८ र ज्योति पाण्डेले १२ रन बनाउनुभयो । बलिङमा कोशीका रुविना क्षेत्रीले एक विकेट लिनुभयो । अब कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर सोमबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्