बालकुमारी घटना छानबिन उच्चस्तरीय समितिले गर्ने

<span class='c1'>बालकुमारी घटना छानबिन</span> <span class='c2'>उच्चस्तरीय समितिले गर्ने</span>

काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ । बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोमबार हुने मन्त्रिपरिषद् बैठकले गठन गर्ने समितिले छानबिन तत्काल सुरु गर्ने बैठकका सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने ‘बालकुमारी गोल काण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीजीले गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । गृह मन्त्रालयले भोलि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएर निणर्य गरी आयोगले काम गर्ने व्यवस्था मिलाउने कुरा भएको छ ।’

कोरियाली भाषा परीक्षामा सहभागिताका लागि भएको प्रदर्शनमा प्रहरीको बल प्रयोग र गोलीबाट बालकुमारीमा शुक्रबार अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडीमाथि आगजनी भएको थियो । घटनाका पीडित परिवारले अझै शव बुझेका छैनन् ।

न्यायिक छानबिनसँगै दोषीमाथि कारबाहीका माग गर्दै प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्