पर्यटन ऐन सच्याउँछौं : मन्त्री किराती

पर्यटन ऐन सच्याउँछौं :  मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक ऐन कानुनमा सुधार गरिने बताएका छन् । त्यसका लागि मन्त्रालयले संशोधनमा काम गरि रहेको उनले खुलाए ।

नेपाल पर्यटन बोर्डको २५ औं स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले सरकारले नयाँ सोचहरु पनि अगाडि सारेको बताए । पर्यटन ऐनलाई समयानुकूल बनाउन आवश्यक देखिएकाले काम भइरहेको उनले बताए । ‘पर्यटन ऐन २०३५ हामी सच्चाउँछौ,’ उनले भने, ‘संशोधन गर्नु छ र संशोधनको अन्तिम तयारीमा हामी छौ ।’

नेपाली पर्यटनका तीन वटा खम्बा प्रकृति, संस्कृति र एड्भेन्चर भएकाले रैथाने स्वादको पर्यटन प्याकेजमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले भने ‘नेपालको पर्यटन नेपालीपनको हुनुपर्छ, नेपालको प्रकृति र संस्कृति भव्य छ । यी दुईको समायोजनबाट निर्माण हुने नेपाली पर्यटन हुनेछ, त्यो स्थानीय स्वाद र स्वामित्वको हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्