बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

<span class='c1'>बङ्गलादेशमा छ महिनामा ११</span> <span class='c2'>अर्ब डलर विप्रेषण भित्रियो</span>

ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् ।

चालु वर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने विप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलबार बताउनुभएको छ । उहाँका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर विप्रेषण रेकर्ड भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा एक सयभन्दा बढी देशहरूबाट करिब एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर विप्रेषण पठाएका थिए ।

बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विप्रेषण खाडी देशबाट आउने गर्छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्