विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका– ६ स्थितबाट अवैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले प्र.१–०४–००१ त १२६० नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा उक्त ट्याक्टरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ७० के.जी. लागुऔषध गाँजा फेला पारी बरामद गरेसगै ट्याक्टर चालक भारत अररियाका २७ बर्षीय ऐना तुलालाई समेत पक्राउ गरेको हो ।
बरामद भएको गाँजा र पक्राउ परेका तुलाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।