विराटनगर । सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई सुनसरीबाट पक्राउ गरेको छ ।
बिहिबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरी मातहत रहेको बोडर आउट पोष्ट लाहीबाट खंटिगएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बराहक्षेत्र ३ का २७ वर्षीय पुष्प श्रेष्ठ र सोही स्थानका २२ वर्षीय बिवश श्रेष्ठ रहेको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए । उनका अनुसार लौकही बोर्डर ईलाकामा भारतबाट नेपालतर्फ आउदै गरेको को ३४ प ७०१९ नम्बरको बुलेट मोटरसाइकलमा सवार २ जनालाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम, नगद २६,७५० रुपैयाँ र मोबाईल थान २ फेला परेको छ ।
नियन्त्रणमा लिईएका उनीहरुलाई आवश्यक कारबाहीको लागि ई.प्र.का. लौकहीमा बुझाईएको समेत उनले बताए ।