गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सुमन धमला
ए हुनेखाने भए पो भुँडी लाग्छ गाला लाग्छ
हुँदा खानेलाई त लागि हाले पनि पखाला लाग्छ

जाउँ घर फोडौं ति सामन्तीका काला महलहरू
कि ढाडको छाला जान्छ कि हातको बाला जान्छ

बोली बिक्नेले बोलिदिए पो जोगिन्थ्यो होला
हामी त के बोलौं बोल्यो कि छातीमा भाला जान्छ

अहिले हाम्रो देशमा यति धेरै राजनीति छ बढेको
विद्यालय जस्तो ठाउँमा पढाई हुन्न बरू ताला लाग्छ

हामी जस्ता निमुखालाई जाबो चाडपर्वको महत्व के
धनीले त उत्सव मनाउँदा पनि घाँटीमा माला लाग्छ।

सिद्धिचरण नगरपालिका- १०, ओखलढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्