धरातल

<span class='c1'>धरातल</span> <span class='c2'></span>

- शरद प्रधानाङ्ग
फेरी उठ्न सक्छन्
मुठ्ठीहरू न्याय हरायो भने
कालो अँध्यारो रातभित्र
अनेकौं स्वार्थ पलायो भने

शिखर चढेपछि
बिर्सनु हुन्न धरातललाई
नबिर्सौं फेरो पनि
चाहिन्छ साथ पलपललाई

यो संसार गोलार्ध हो
आज यहाँ भोली पुगिन्छ कहाँ
सास रहुन्जेल सम्म
धर्तीको वरिपरी नै जहा त्यहाँ

हिजोको सामिप्यताहरू
स्वार्थ पलाएमा हुन्छ धेरै टाढा
यदि गाँस्न सकियो भने
टाँसिन्छ बसेर मुटुभित्र गाढा

त्याग्नु पनि पर्छ
कतिपय अनगिन्ती चाहनाहरू
आत्मियतामा बाँचौं सबैले
नसजाउँ मनमा अनेक बहानाहरू

आखिर दुई दिने जिन्दगी
रहेछ यहाँ सबको सबै जनको
चिरञ्जिवी कोहि पनि छैन
कमाउनु पर्छ विश्वास मन मनको।

विराटनगर महानगरपालिका-७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्