गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

- उदय अतीत
शान्तिपूर्ण आन्दोलन देशमा लगातार हुनु पर्छ
दलाल भ्रष्टाचारी अनि अपराधीको हार हुनु पर्छ

हामिले देश विकास गर्न,जिन्दगी लगाएको छौं
हाम्रो पनि हिसाब किताब पनि बारबार हुनु पर्छ

न्याय खोज्दै कयौंपटक अदालत धाउनेलाई सोध
उनिहरु कहिल्यै भन्दैनन् यहाँ अत्याचार हुनु पर्छ

किन विकाश मन्दमन्द छ मेरो देशमा अहिलेसम्म
भन युवा कहिलेसम्म कति सिमाना वारपार हुनु पर्छ

कयौं योद्धा सहिद भए आमूल परिवर्तन गर्न हिजो
अब त यी नागरिक जिउन पनि कुनै सार हुनु पर्छ

आन्दोलन गरेर मात्रै यो देश विकाश हुदैन मित्र
विकाश गर्न यो देशमा बलियो सरकार हुनु पर्छ

स्याङ्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्