गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-प्रीती सैन्धवी
प्रेमको माली सम्झेऊ या त गुलाम सम्झेऊ, तिमीलाई थाहा होला
रजनीको जून हेर्दै उषाको घाम सम्झेऊ, तिमीलाई थाहा होला

तिम्रै चरणमा ए! हजुर भन्दै, विन्ती गरेकै हुँ आँशु बगाई
समर्पण सम्झेऊ मेरो बदनाम सम्झेऊ, तिमीलाई थाहा होला

प्रेमिल हृदयका असरल्ल भावहरू, पोख्नै बाँकी छन् अनगिन्ती,
पूर्ण सम्झेऊ यो मुटुलाई खाली खाम सम्झेऊ, तिमीलाई थाहा होला

बिर्से झैं गरेर सम्झिए पछि, सम्झिदैं गरेर तिमीले बिर्से पछि
यो यात्रा कमा सम्झेऊ कि पूर्ण-विराम सम्झेऊ, तिमीलाई थाहा होला।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्