-सृष्टि सावित्रा
लडाउनेहरूले नै, उठाउलान् भन्ने आस गर्छु
मैले आफ्नाहरूलाई त्यति धेरै विश्वास गर्छु
थाहै थिएन मलाई अचानो सम्झिँदा रहेछन्
खुकुरी बजारिँदा पनि फूलको आभाष गर्छु
ए ! जिन्दगी यो श्वास रहेसम्म कायर नबन्नु
म सकेसम्म तँलाई हौसला दिने प्रयास गर्छु
धोकाको बस्तीमा छ अचेल प्रेमको जागिर
सोचिरहेछु अब त आफूलाई अवकास गर्छु
हामी बिचका कुराहरु खोइ कसरी गोप्य रह्यो ?
भित्ताले भनिरहेको छ,अब म पर्दाफास गर्छु