गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सपना कुँवर
उसको मनमा बसेकी, आजसम्म रानी उस्तै छ
मेरो भने उसलाई सम्झिएर, रुने बानी उस्तै छ

दुःख हटाउन पनि दुःख गर्नु पर्दोरहेछ नि आमा
सुख पाउन हिजो गरेको त्यो लगानी उस्तै छ

कुर्सीमा बसेर झुटा भाषण मात्र गर्छ सरकारले
हामी जनताको मनमा हानी- नोक्सानी उस्तै छ

लाखोैँको कार चढ्छन् अरे हाम्रो देशका नेताहरू
परदेशिएको साथीको आम्दानी र कहानी उस्तै छ

म कसरी माफ गरौं महोदय ? बारम्बार तिमीलाई
दिल दुखाउन गरिरहने गल्ती जानाजानी उस्तै छ

धादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्